अर्जुनचौपारि गाउँपालिकामा १ जना ३ बर्षे बालकमा संक्रमण पुष्टि

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार ०७:३६

नेत्र पौडेल पोखरा

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ जना संक्रमित फेला फरेका छन् । हालसम्म कुनै संक्रमित फेला नपरेको सो गाउँपालिकामा नयाँ संक्रमित देखिएको हो। संक्रमित अर्जुनचौपारी गाउँ पालिका वार्ड न ४ रापाकोटका ३  बर्षका बालक हुन् । उनी कहि समय पहिले भारतबाट आमाबाबु सगै गाउँ आएर रापाकोटमा क्वारेन्टाइनमा बस्दै आएको र संक्रमण फेला परे सगै हेलु स्थित आइसोलेसन कक्षमा पठाउने तयारि गरइएको गाउँपालिका अध्यक्ष दिर्ग नारायण अर्यालले जानकारी दिनुभएको छ।बच्चामा पोजेटिभ देखिए पनि सगै आएका आमाबाबुको रिपोर्ट नेगेटिभ आएको छ। बालक सानो भएकाले आमा सगै राखिने छ। भारतबाट आएका १७ जनाको परिक्षण गरिएकोमा अन्य सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो।

 

तपाईंको प्रतिकृयाहरू