भारत र चीन बाट भइरहेको हस्तक्षेपप्रति नेपाली जनसंपर्क समिति दक्षिण कोरियाको विज्ञप्ति

प्रकाशित मिति: २८ बैशाख २०७७, आईतवार १९:४८

विज्ञप्ति

पछिल्लो समय देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकता एवं नेपाली जनताको सार्वभौमसत्ता माथि छिमेकी राष्ट्रहरु भारत र चीनबाट भईरहेको शिलशिलाबद्द हस्तक्षेपप्रति नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्व कोरोना भाईरस जस्तो महामारीबाट आक्रान्त भईरहेको बेला छिमेकी राष्ट्र भारतले तीन देश बीचको अन्तर्राष्ट्रिय सीमाना दार्चुला जिल्लाको लिपुलेक हुंदै नेपाली भू-भाग मिचेर मानसरोवरसम्म राजमार्ग निर्माण गरी हालै उद्घाटन समेत गरिएको घटना विभिन्न सञ्चार माध्यमहरुबाट जानकारीमा आएको छ । यो अत्यन्त निन्दनीय छ। भारतको उक्त कदमको घोर भत्सर्ना गर्दै छिमेकीले आफ्नो भूमि कब्जा गरी सडक लगायत निर्माण संरचनाहरू धमाधम बनाई रहदा पनि नेपाल सरकारले आवश्यक कुनै पहल कदमी नलिई मुख दर्शक बन्नु लज्जास्पद र दु:खद छ। नेपाल सरकारबाट सीमा विबाद सुल्झाउन कुटनीतिक पहल हुदैछ, वार्ता गरेर जमिन फिर्ता ल्याइदैछ भनी बारम्बार नेपाली जनताको आँखामा छारो हाल्ने काम हुदै आएको छ।

त्यसैगरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चीनबाट भएको राजनीतिक हस्तक्षेप र लकडाउनका बेला सिंहदरवारमा केही चिनियाँ नागरीकहरुबाट नारा जुलुस सहित नेपाली सुरक्षाकर्मीहरुमाथि भएको हातपातको घटनाको पनि नेपाली जन सम्पर्क समिति दक्षिण कोरिया घोर भत्सना गर्दछ। विदेशी नागरिकका समस्या सम्बन्धित देशको दुतावास र कुटनीतिक निकायहरु मार्फत सम्बोधन गरिनुपर्नेमा विदेशी नागरिकहरुले नेपालको राष्ट्रिय प्रशासनिक केन्द्रमा लकडाउनका बेलामा नारा जुलुस सहित सुरक्षाकर्मीहरुमाथि हातपात गरिनु अत्यन्त दु:खद छ। उक्त घटनाले दुई देश बीचको कुटनीतिक मर्यादा माथि प्रश्न उठाएको छ।

विश्वब्यापी कोरोना भाइरसका कारण सीमा क्षेत्र, भारतको विभिन्न भूभाग र खाडी लगायत अन्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुको चार्टर्ड उडानमा यथाशीघ्र उद्दार र उचित व्यवस्थापनका लागि पनि नेपाल सरकारसँग जोडदार माग गर्दछौं । नेपाली नागरिकहरुको आफ्नो राष्ट्रियता, देश भित्र आउन पाउने संवैधानिक अधिकार र जीउ ज्यानको सुरक्षाकाप्रति गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।

देश संकटको बेला पछिल्लो समय फैलिदै गएको भ्रष्टाचार, अत्यावश्यक उपभोग्य वस्तुहरुमा भईरहेको महंगी र कालाबजारी रोक्न भ्रष्टाचारी र कालाबजारीहरुमाथि तुरुन्त कानुनी कारवाहीको माग गर्दछौं ।

अन्त्यमा कोरोनाको रोकथामका निम्ति सरकारद्वारा निर्दिष्ट नियमहरु पालना गरी “कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं” भन्दै कोरोना बिरुद्धको लडाईंमा सरकारले लक डाउन बढाएर मात्र समस्याको समाधान नहुने र दैनिक ज्यालादारी गरि पेट पाल्ने वर्गलाई उचित थप राहतसंगै दैनिक हुँदै आएको एकदम न्यून ४००/५०० परिक्षणलाई अधिकभन्दा अधिक बढाउन तर्फ सरकारलाई विशेष आग्रह गर्दै सरकारको सकारात्मक काम कार्बाहीमा आवश्यक सहयोग र नकारात्मक कर्ममा खबरदारी गरी दिनु हुन आम दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौं ।जयनेपाल

तपाईंको प्रतिकृयाहरू