कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो आज मात्र ३४जनामा सङ्क्रमण भेटियो

प्रकाशित मिति: २८ बैशाख २०७७, आईतवार १२:१५

कोविड 19 कोरोना भाइरस केही समय यता कोरियामा केही मत्थर भए तापनि यो हप्ता देखि भाइरसको संक्रमण संख्या बढेको छ सउल इथेवन क्षेत्रमा देखिएको भाइरस अझै बढ्ने अनुमान गरिएको छ अहिले उक्त क्षेत्र विशेष निगरानी राखेको छ भने यो क्षेत्रमा विशेष गरी अप्रिल२४ देखि में ६ सम्म भ्रमण गर्ने व्यक्तिहरूलाई सरकारले चेकजाँच गर्नको निमित्त एस एम एस मार्फत सूचना प्रवाह गरेको छ।
कोरियन सरकारले में ६ तारिख देखि कोरियाले आंसिक लक डाउन अन्त्य गरेको र सामाजिक दुरी पनि हटाएको र कोरियामा कोरोनाको करणले बन्द भएको रेष्टुरेन्ट ,होटल, सपिङ्ग महल ,सिनेमाहल , क्लब सुचारु भए लगत्तै सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू