प्राथमिकताको आधारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गर्दै सरकार!

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलवार १५:४७

सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ ।
श्रम रोजगार पत्रकार संघको भिडियो कन्फ्रेन्स प्रोग्राममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए त्यसै स्वदेश आइसकेपछि सरकारकै निगरानीमा क्वारेन्टाइन व्यवस्थापनको निमित्त सरकारले सम्बन्धित निकायसँग छलफल गरिएको जानकारी गराए।

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उहाँको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए ।
रोजगार गन्तब्य मुलुकबाट नेपालीहरुलाई लेर्याउन पहल गरिएको र व्यवस्थापनको लागि सरकारले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको बताइएको छ। यसैबीच परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ले वीडियो कन्फ्रेन्समा नेपाली कार्यरत मुलुकका नेपाली निकायका प्रमुख र पत्रकार महासंघ वैदेशिक शाखा प्रमुख बीच नेपालीहरूको अवस्था जानकारी लिएका थिए।
विश्वको २०० भन्दा बढी मुलुकमा नेपालीहरु बसोबास गर्दै आएका छन् तीमध्ये अधिकांश नेपालीहरु रोजगारका निमित्त मलेसिया, कुवेत ,बहराइन दुबई, साउदी अरेबिया ,जापान , दक्षिण कोरिया बस्दै आइरहेका छन्।

 

तपाईंको प्रतिकृयाहरू