कोरनालाई ओझेल पारेको नेकपा सचिबालय

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार १८:०६

 

यतिबेला बिश्व कोभिड-१९(कोरना )ले आक्रान्त छ । सनिवारसम्म संक्रमितहरुको संख्या ३३६५०००( तेत्तीसलाख पैसट्ठीहजार) को हाराहारीमा छ भने मृत्यु हुनेको संख्या २३९६१० नाघेको छ। बिश्वका सबै देशहरु यो महामारीबाट आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न र यसको उपचार विधि पत्तालगाउन लागिपरेकाछन् । नेपालमा पनि कोभिड-१९ को संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ। सनिवार सम्म नेपालमा पनि कोभिड- १९ को संक्रमित हरुको संख्या ५९ पुगिसकेको छ । सुरुका दिनमा नेपाल सरकारपनि यो महामारीको रोकथाममा सकृयताकासाथ लागिपरेको देखियतापनी हाल अायर यो सरकारपनि आफ्नै पाटीको सत्ता दाउपेच मा फसेको छ।
नेपालमा एउटा उखान छ “कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर ” यो उखान कहिलेर कुन सन्दर्भ मा सुरुवातभयो भनेर भन्न सकिन्न तर जहिले जसले प्रयोगगरेको भयपनी नेपालको सत्ता राजनीतिलाई लक्षितगरेर यो उखान प्रयोग भयकोहोला भन्न सकिन्छ । नेपालको आधुनिककाल मानिने पृथ्वीनारायण शाह को पालादेखी कोरनाको कहरसम्म हेर्ने हो भने नेपालको राज्यसत्ता कहिल्यै स्थिर रहेन ।सातै महिनामा जन्मियर जेठा हुन पुगेका पृथ्वीनारायण शाहले राजाहुन पाउनेकी नपाउने भनेर सुरुभयको नेपालको सत्ता खिचातानी अहिले आएर चुनाब हारेका बामदेव गाैतमले प्रधानमन्त्रीहुन पाउनेकि नपाउने भन्ने ठाउमा पुगेर अड्कियको छ।
नेपालको ईतिहास हेर्ने हो भने जब जब राज्यसत्ताले एउटा दिशामा अगाडी बढ्नुपर्ने हुन्छ ठिक ठिक तेहीबेला नेपालका शक्तिकेन्द्रहरु सत्ताको खीचडी पकाउन थालीहाल्छन । जब बाहादुर शाह पिता पृथ्वीनारायण शाह को एकीकरण अभियान सफल पार्न निस्के राज्यलक्ष्मी ले उनको नायबी खोसेर सत्ता आफ्नो हातमा लिइन् । जब जब देश इस्ट इन्डिया कम्पनी र भोट सगको युद्धमा परेको थियो त्यो समयनै नेपालको आधुनिक कालको सबैभन्दा अस्थिर राज्यसत्ता भयको युग मानिन्छ । २००७ साल मा प्रजातन्त्र प्राप्तीपछी बिपी कोइराला देशलाई नयाँ दिशामा लैजाने कोशिश गरिरहेको बेला उनका सहोदर दाजु मातृका ले राजासँग मिलेर बिपी लाईनै असफल बनाउने खेलमा लागिरहे । २०१७ साल को कु पछी २०७७ साल सम्मका भित्ते प्रधानमन्त्री को फोटोले त सिंहदरबार को भित्तानै भरियको छ।
अध्यारोपछी उज्यालो आउने आसामा नेपाली जनताले धर्यताकोसाथ प्रतीक्षा गरिरहे । कहिले आफ्नो अधिकारको प्रयोगगरी नेतृत्व को साटफेर पनि गरे तर अहिले सम्म नेपाली जनताको मुहारमा उज्यालो छर्ने कोहि आयन । आयोय केबल राष्ट्रघात , भ्रस्टचार , कालोबजारी, अस्थीरता, खडेरी बाढीपैरो, भुइचालो, कोभिड-१९ (कोरना)
अाज यतिबेला अरु सबैकुरा छाडेर कोभिड-१९ (कोरना ) को महामारीको सामाना गर्न लाग्नपर्ने बेलाहो । बिश्वका प्राय सबै देशहरु महामारी को नियन्त्रणमा लागिपरेका पनि छन्न । नेपाली जनतालाईपनि बिश्वास थियो यतिबेला हाम्रो देशमापनी नेपाली जनताले भरोसा गरेको सशक्त सरकार छ ।नेपाली जनताको पक्षमा सशक्त निर्णय गर्ने छ र देशलाई यो महामारीबाट निकास दिनेछ । यो सरकारलाई साथदिने देशकै सबैभन्दा ठुलो पाटी छ। तर हाम्रो देशका सरकार र राजनीतिक दलहरुको पछिल्लो दइ हप्ताको गतिविधि हेर्नेहोभने लाग्छ कि देशमा कोरना छिरेकै छैन, देशका सारा समस्या समाधान भैसके , देशले बिकाश को सिखर चुमिसको अबत बाकी भनेकै सत्ता राजनिती मात्र हो
यतीबेला देशलाई सम्हाल्न लागिपर्नुपर्ने भनेको सरकार नेकपा र यसको सचिबालयले नै हो । लागिपनी परेकै छ तर उहीँ ……. ठिमीतिर हिजो आजका बिहानदेखी बेलुका सम्मका समचार हेर्ने र सुन्ने हो भने नेकपा सचिबालय बाहेक केही छैन । बिहान सम्म प्रचण्ड को पक्षमा बहुमत देखियो भन्ने आउछभने साझ नहुदै अोली को पल्ला भारी भन्ने समचार आउछ । समितीमा भयका ९ जनाको ९ अोटै दाउ छन्न अोली सत्तामा टिकिरहन चाहने प्रचण्ड बुहारी बाहेक अरुलाई झिक्न चाहने बेलाबेला ग्रजने बादलले त पानिपार्ने कुरै भयन । माधब नेपाल त पेन्डुलम जस्ता छन कहिले यता कहिले उता हल्लिरहन्छन् । झलनाथ जस्लेजितो उहिमेरो भाले भन्दै रमिता हेरिरहेकाछन् । बामदेब भनेका पन्चरहुन लागेका फुटबल हुन कसैले जतन गर्दैन अोलीले ठोके प्रचण्डको कोटमा पुग्छन प्रचण्डले ठोके अोली को कोट मा अर्को चुनाबमा गयपछी जनताले ठोकेर पन्चर पार्छन अनी उनको खेल सकिन्छ । इश्वर पोखरेललाई अोम्नी सगको हिसाब मिलाउदै ठिक्क छ। विष्णु पाैडेल कलीयुगमा जन्मेर मात्र हो अगिल्ला युगमा जन्मेको भय नारद लाईनै अोझेलमा पारिदिन्थे । बिचरा काजी साप को के कुरा गर्ने के गर्ने कतालाग्ने मेसैपायका छैनन् । ९ जनाको कमिटी भयकोले बिजोर भयर तुला काटो नमिलेको भनेर चाइनाबाट दुत झिकायर जोर संख्या पुर्यायको बुझियको छ। चाइनाबाट झिकायको दुत ले नेकपाको सचिबालायको सन्तुलन मिलाउन सक्छकी सक्दैन हेर्न बाकी छ।

लेखक

दुर्लभ पोखरेल

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका उपाध्यक्ष हुनुहुन्छ

तपाईंको प्रतिकृयाहरू