नेपालमा कोरोना परिक्षण किटको लागी कोरियामा ३६ घन्टामा झन्डै १० करोड संकलन

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार १६:०५

सौल।
विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस बिरुद लडिरहेको नेपाललाई कोरियामा रहेका नेपालीहरुले साथ दिने ९ करोड ५० लख वोन संकलन भएको छ। भाईरस परिक्षण गर्ने आवश्यक कोरोना परिक्षण उपकरण (किट)को नेपालमा अभाव भएको सार्वजानिक भए संगै गैरआवासीय नेपाली समन्य समिती (एनआरएनए) दक्षिण कोरियाको नेतृत्वमा ‘एक व्यक्ती, एक किट ‘ अभियान शुरु भएको थियो। एनआरएनए कोरियाले संघका उपाध्यक्ष यदु लामिछानेको नेतृत्वमा ‘सहयोग संकलन समिती’ गठन गरेर संकलित रकमबाट नेपालमा किट लगायत अन्य उपकरणहरु पठाउन लागेको हो। एनआरएनए कोरियाले ‘एक व्यक्ती,एक किट अभियानमा सहभागी भई ,परदेशमा रहेपनि मातृभूमीको सेवामा एकेवद्दता जनाऔ ‘ अभियानमा साथ दिन कोरियाबासी नेपालीहरुलाई अपिल गरेको थियो।
एनआरएनए कोरियाले तत्काललाई यस सहयोग अभियानबाट संकलित सहयोग रकमबाट यथा सक्दो छिटो कोरोना नियन्त्रणका लागि नेपाल सरकारलाई आवश्यक कोरोना परिक्षण उपकरण (किट) खरिद गरि हस्तान्तरण गर्ने बताएको छ।
एक कीटको कोरियन वन २० हजार (लगभग २० डलर ) पर्ने हुँदा ‘एक व्यक्ती एक किट ‘अभियान शुरु गरिएको अभियानका संयोजक लामिछानले बताए । उनका अनुसार कोरोना परिक्षण उपकरण (किट )खरिदको लागी कोरियाली कम्पनी संग सम्झौता भईसकेको र छिट्टै खरिद गरेर नेपाल पठाउने बताए ।

तपाईंको प्रतिकृयाहरू