देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोरोना भाईरसको औषधी बनाउने

प्रकाशित मिति: १२ चैत्र २०७६, बुधबार ०८:२४

काठमाण्डौ ।देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोरोना भाईरसको औषधी बनाउने भएको छ। कम्पनीले आज एक बिज्ञप्ती जारी गर्दै कोभिड -१९ को उपचारको लागी ‘हाइड्रो अक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ उत्पादन गरेर सरकारलाई निशुल्क दिने जानकारी दिएको हो।

कम्पनीले ‘देशमा उत्पन्न यस जटिल परिस्थीतीमा हाइक्विन २०० ट्याबलेट नामक औषधी तुरुन्तै उत्पादन गरि नेपालमा कोभिड-१९ काम बिरामीहरुले औषधी नपाएर उपचारबाट बन्चित हुन नपरोस भन्ने विशुद्द सेवा भावानाका साथ नेपाल सरकारबाट माग भै आएको अवस्थामा करिव १५ हजार जना कोभिड-१९ का बिरामीहरुलाई उपचार गर्न पुग्ने गरि चार लाख ट्याबलेट उपलब्ध गराउने ‘ जनाएको छ।

साढे दुई दशक देखी त्याधुनिक उपकरणमार्फत दुई सय १० थरी भन्दा बढी औषधिहरु उत्पादन गरिरहेको कम्पनीले अत्याधुनिक उपकरणबाट कच्चा पदार्थहरु, सहायक कच्चा पदार्थहरु र कम्पनीबाट उत्पादित औषधिकहरुको गुणस्तर परीक्षण गर्ने र अन्य अत्यावश्यक औषधिहरुको विकास तथा अनुसन्धानको काम समेत गर्दै आईरहेको छ।

तपाईंको प्रतिकृयाहरू