नक्कली फोटोको प्रयोगगरी अवैधरुपमा कोरिया प्रवेश गरेका ५२ जना नेपाली पक्राउ

प्रकाशित मिति: २४ फाल्गुन २०७६, शनिबार १६:१२

दक्षिण कोरिया र नेपाल बिच रोजगार अनुमति प्रणाली eps सिस्टम
लागू भएको पनि 12 वर्ष भइसकेको छ यसै अवसरको सदुपयोग गर्दै भाषा परीक्षा पास र त्यस पछि विभिन्न चरण पार गरी कोरियामा आउने नेपालीको संख्या लगभग ४५ हजारको हाराहारीमा पुगिसकेको छ। तर आफ्नो लगनशीलता लाई लत्याएर कोरियन भाषा दक्ष भएका नक्कली परिक्षार्थी खडागरी, फोटोसप बाट नक्कली फोटो प्रयोग गरी कोरिया आउनेको संख्या बढ्दो क्रम देखिसकेपछि कोरियाको अध्यागमन विभागले यस्ता हर्कत प्रति निगरानी बढाएको छ।
५२ जना नेपाली पक्राउ
अध्यागमन विभागले यस्ता अवैधानिक किसिमबाट कोरिया आउने 52 जना नेपालीलाई हालसम्म पक्राउ गरी कानुनी कारबाही र स्वदेश फिर्ता गरिसकेको जानकारी प्राप्त भएको छ। नक्कली फोटोको प्रयोग गरी टपिक परीक्षामा आवेदन दिने पाँचजनालाई पक्राउ गरेको छ भने 47 जना परीक्षा दिनबाट हटाइएको छ।

के भन्छ अध्यागमन विभाग?
यदि नक्कली तस्बिर प्रयोगगरी कोरिया प्रवेश गर्नु इमिग्रेसन नियन्त्रण ऐन अन्तर्गत 3 वर्ष कैद र 2 करोड सम्म सजायँ हुन सक्ने छ। यसैगरी वैधानिक ढङ्गबाट रोजगार अनुमति प्रणाली अनुसार भिषा प्राप्त गर्न र नक्कली परीक्षण नगर्न अध्यागमन विभागले अनुरोध पनि गरेको छ।

तपाईंको प्रतिकृयाहरू