दक्षिण कोरियाबाट संकलित सहयोग हस्तान्तरण कार्यक्रम!

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार १३:५८

“राष्ट्रका लागि नागरिक” स्वतन्त्र राष्ट्रिय अभियान दक्षिण कोरिया द्वारा संचालित राष्ट्रीय आविष्कार केन्द्रका लागि सहयोगार्थ दक्षिण कोरियामा रहनुहुने उदार सहयोगी परोपकारी मनहरुबाट स्वेच्छिक संकलन भएको ने.रु. १,९०१,९०५/-( ने.रु. उन्नाइस लाख एक हजार नौ सय पाँच मात्र) लोकप्रिय राष्ट्रप्रेमी पत्रकार रबि लामिछाने ज्युको रोहवरमा राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष बैज्ञानिक डा. महाबिर पुन ज्युलाई अभियानका अभियन्ताहरुको प्रतिनिधि तथा सामाजिक अभियन्ताहरुको उपस्थितिमा “News 24” को प्राङ्गणमा सहयोग हस्तान्तरण गरिएको छ।
अभियानमा अहोरात्र खतिनुहुने दक्षिण कोरियामा रहनुहुने सम्पुर्ण पहलकर्मी अभियन्ता तथा परोपकारी सहयोगी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछु!सम्पुर्णमा हार्दिक नमन!

तपाईंको प्रतिकृयाहरू