महेश कुमार औजी कोरियामा

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १६:३६

 

खेम साउद, सउल दक्षिण कोरिया
सुदुर तथा मध्य पश्चिम क्षेत्रको कला र लोक संस्कृतिको सम्बर्द्धन तथा संरक्षण का लागि सुदुरपश्चिम समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको सास्कृतिक एवंम लाइभ देउडा कार्यक्रम का लागि वरिष्ठ लोक तथा देउडा गायक महेश कुमार औजी कोरिया आईपुगेका छन। समाजले भोलि राजधानी सउलमा आयोजना गर्न लागेको कार्यक्रम का लागि कोरिया आईपुगेका औजी लाई ईन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा समाजका पूर्व अध्यक्ष जीतेन्द्र महता, पूर्व उपाध्यक्ष तथा सल्लाहकार खेम साउद, प्रकाश चन्द एन्डी पाण्डे लगायतले स्वागत गरेका थिए।

कोरियामा सुदुरपश्चिमेलीहरु बीच आपसी एकता, सहयोग, सद्भाव र भाईचाराका साथै आफ्नो कला र संस्कृतिको सम्बर्द्धनका क्षेत्रमा सुदुरपश्चिम समाज दक्षिण कोरिया निरन्तर क्रियाशील रहँदै आएको छ । समाजले गत छुसकमा मात्रै नेपालका ख्यातिप्राप्त कलाकारहरु को साथमा वृहत साँस्कृतिक कार्यक्रम सेती महाकाली सांगितिक सौगात भाग-३को आयोजना गरेको थियो यस पटक सलनालको अवसर पारेर देउडा लाइभ कार्यक्रम गर्न लागेको हो । कार्यक्रम भोलि अर्थात जनवरी २४ तारिक सउल बुल्ग्वाङ स्थित प्रवासी मजदुर युनियन MTU को सभा हलमा दिउसो ठिक १२ बजे शुरु हुने र सउल मेट्रो लाइन नं ३ बुल्ग्वाङ स्टेसन गेट नं २ बाट सिधा कार्यक्रम स्थल सम्म पुग्न सकिने जनाइएको छ ।
यसै बीच समाजले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थिती का लागि हार्दिक अनुरोध गरेको छ।

तपाईंको प्रतिकृयाहरू