नेपाली राष्ट्रिय गानका सर्जक “व्याकुल माइला” नेपाली संघसंस्थाद्वारा सम्मानित हुँदै

प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार १८:१७

 

कोरिया ।

नेपाली राष्ट्रिय गानका रचनाकार सर्जक व्याकुल माइला (प्रदीप कुमार राई) लाई एन आर एन कोरियाको संयोजकत्वमा यहाँ रहेका विभिन्न संघसंस्था द्वारा यहि आउदो जनवरी 25 तारिखका दिन नागरिक अभिनन्दन तथा सम्मान गरिने भएको छ। ओखलढुंगा समाज दक्षिण कोरिया ले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा उहाँलाई नागरिक अभिनन्दन तथा सम्मान गर्न लागिएको हो।
नागरिक अभिनन्दन तथा सम्मान गर्नको निमित्त इच्छुक संघसंस्थाले गैरआवसीय नेपाली संघ दक्षिण कोरिया सँग सम्पर्क गर्न सकिने वरिष्ठ उपाध्यक्ष तथा नागरिक अभिनन्दन कार्यक्रमका संयोजक दीपक पुनले बताए।
हालसम्म नागरिक अभिनन्दन गरिने संघसंस्था
१,: गैरआवासीय नेपाली संघ दक्षिण कोरिया
2 नेपाल पत्रकार महासंघ दक्षिण कोरिया
3 नेपाली सम्पर्क समिति दक्षिण कोरिया
4 आदिवासी जनजाति महासंघ दक्षिण कोरिया
5 प्रदेश नम्बर 3 एकता समाज
6 पूर्वाञ्चल सरोकार समिति
7 सुदूरपश्चिम समाज
8 ओखलढुंगा संपर्क समिति
९ खोटाङ सेवा समाज
10 कास्की परिवार
11 संखुवासभा परिवार
12 तनहुँ सम्पर्क समिति
13 तमुधि
14 बागलुङ समाज दक्षिण कोरिया
15 इतर आवाज साहित्य समाज
१६ भोजपुर सेवा समाज
पुनश्च कुनैपनि संस्थाले सम्मान गर्न चाहेको खण्डमा एनआरएन कोरियाका वरिष्ठ उपाध्यक्ष दिपक पुन तथा ओखलढुंगा समाज दक्षिण कोरियाका अध्यक्ष श्रीराम गुरुङ सङ्ग सम्पर्क गर्न सक्नुहुनेछ।
नागरिक अभिनन्दन हुने स्थान,:- yes 24 live hall
광나루역 2번 출구

तपाईंको प्रतिकृयाहरू