नुवाकोट समाज दक्षिण कोरियाले जनवरी २५ तारिखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार १७:४७

नुवाकोट समाज दक्षिण कोरियाले आगामी जनवरी २५ तारिखका दिन चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यही आउदो कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर राजधानी सउल स्थित सुभ्यक्षा रेस्टुरेन्टको सभाहलमा कोरीयामा बसोबास गर्ने नुवाकोटेहरुको भेटघाट र चियापान कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष राज दोङ तामाङले जानकारी दिए ।

नुवाकोट जिल्ला घर भई हाल कोरियामा बसोबास गरिरहनुभएका समाज सेवि, बुद्धि जीवी , ब्यावसायी, विद्यार्थी, पत्रकार, मजदुर, खेलाडी लगायत सम्पुर्ण नुवाकोट बासीहरू तथा गैर नुवाकोट बासीहरू सबैमा उपस्थितिको लागी संस्थाका सचिब टंक रानाले हार्दिक अनुरोध गरेका छन् ।

दक्षिण कोरियामा रहेका “सम्पुर्ण नुवाकोट बासी एक हौ, नुवाकोट जिल्लाको बिकासमा टेवा पुर्याउ” भन्ने मुल नाराको साथ स्थापना भएको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

कार्यक्रम विवरण
मिति :-२०२०जनवरी 25
समय :-बेलुका ८:०० बजे
स्थान :- सुभ्यक्षा रेस्टुरेन्ट सउल

तपाईंको प्रतिकृयाहरू