“सउल सांगीतिक साँझ”कार्यक्रमको तयारी पूरा

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार १७:२०

नेपाल आदिवासी जनजाति महासंघ कोरिया शाखा अन्तर्गत सांस्कृतिक विभाग कमिटीले सलनालमा  आयोजना गर्न लागेको “शौल सांस्कृतिक साँझ” कार्यक्रमको तयारी विषयक पत्रकार सम्मेलन हिजो सम्पन्न गरेको छ।
कार्यक्रमको तयारी को बिषयमा बोल्दै जनजाति महासंघ कोरिया शाखाका अध्यक्ष युगल टेन्दुप शेर्पाले कार्यक्रमबाट उठेको रकम आदिवासी जनजाति महासंघ कोरियाले असाय बालबालिकाको आधारभूत शिक्षाको लागि प्रदान गरिने जानकारी गराए। कार्यक्रमको अन्तिम तयारी लगभग पूरा भइसकेको र कार्यक्रम हेर्न आउन सम्पूर्ण कोरियावासी नेपालीलाई आग्रह गरेका छन्।
सउल नजिकै विक्टोरिया होटल मा आयोजना हुन लागेको उक्त कार्यक्रममा भ्वाइस अफ नेपालका finalist बिकास लिम्बू , लोकगायिका संगिता थापा मगर , बबिना किराती ,शितल गुरुङ लगायत कलाकारको बेजोड प्रस्तुति रहने आयोजकको दाबी छ।
उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघ अध्यक्ष रंजन कुँवर , नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ फोनिजकोरिया अध्यक्ष गोकुल थोकर लगायत जातीय संघसंस्थाका प्रतिनिधि उपस्थित रहेको थियो।

तपाईंको प्रतिकृयाहरू