“द भ्वाइस अफ नेपाल सिजन२”लाईभ कन्सर्टको तयारी पूरा

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार १७:१४

भक्तपुर समाज दक्षिण कोरियाले आउँदो सल्नाल जनवरी 25 तारिख को अवसर पारेर आयोजना गर्न लागेको the voice of nepal सिजन टु लाईभ कन्सर्टको तयारीबारे पत्रकार सम्मेलन तथा चियापन समारोह आयोजना गरेको छ। भक्तपुर समाजका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पत्रकार महासंघ को अध्यक्ष रंजन कुँवर नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछाने, प्रदेश नम्बर 3 एकता समाज का अध्यक्ष किशोर ब्लोन नियोग , जनसंपर्क समिती का पूर्व सभापति गङ्गा थापा श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीको उपस्थिति रहेको थियो।कार्यक्रममा वक्ताहरुले शुभकामना मन्तव्य राख्दै भक्तपुर समाजले आयोजना गर्न लागेको कार्यक्रम बाट उठेको रकम नेपालको गरिब तथा जेहेन्दार छात्रवृत्ति को लागि गर्न लागेको हुँदा कोरियामा हुने नेपालीहरुलाई उक्त कार्यक्रम हेर्न तथा सामाजिक सेवा गर्नको निमित्त आह्वान गरेका थिए ।त्यस्तै समाजका अध्यक्ष रमेश गिरीले कार्यक्रममा voice of nepal का टीम साथसाथै लोकदोहोरी गायिका भूमिका गिरी , अहिलेका जल्दाबल्दा गायक तथा मोडल दुर्गेश थापा, डान्सर एलिशा शर्मा सुदूरपश्चिमका देउडा गायक उमा शंकर जैशीपनि आउने जानकारी गराईएको थियो। त्यस्तै कोरिया आउने कलाकारहरूको सबैको भिषा लागि सकेको पनि बताएका थिए। दर्शकहरूको आग्रहलाई मध्यनजर राख्दै दुङ्देमुन बाट बसको व्यवस्था पनि गरिएको छ।कार्यक्रम हुने स्थान건국대학교 새천나관 Train line number 2 건국대학교 역

तपाईंको प्रतिकृयाहरू