काेरीयामा आत्महत्या गर्ने नेपालीकाे सङ्ख्या ४९ पुग्याे ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार १२:३७

सबिना कार्की

काेरीया जान तेति सजिलाे छैन काेरीया पुग्न निकै संघर्ष गर्नुपर्ने हुन्छ काेरीयन भाषा उच्च प्रतिसपर्धा गर्दै पास हुनुपर्छ पास भएपछि अन्य विषयमा मेडिल पास, स्किलटेस्ट पास,त्यसपछि व्यक्तिगत फाइल जारी हुनुपर्छ राेजगारकाे लागि काेरीया बाट राेजगारदाता मार्फत कामदार छानिनु पर्छ आदि इत्यादि सम्पूर्ण प्रकृया बाट पास भए पछि मात्र बल्ल काेरीया पुगिन्छ । तर यतिका अबस्था पार गरेर काेरीया पुग्न सफल केहि नेपालीकाे भने आत्महत्या निराशा छाएको छ । मध्यपूर्व र खाडी मुलुकमा श्रमगर्ने श्रमिकको तुलनामा ७ गुणा बढी पारिश्रमिक पाउने दक्षिण कोरियामा पुगेर पनि केही नेपालीले आत्महत्या गर्नु पर्ने अवस्था आउनु सारै दु:खकाे कुरा हाे ।

काेरीयामा हाल सम्म गरि ४९ जनाले आत्महत्या गरिसकेका छन् । सन २००८ देखि २०१९ डिसेम्बर ३० सम्म ४८ जना र सन २०२० जनवरी..मा १ जनाले गरि अात्माहत्या गर्नेकाे सङ्ख्या ४९ पुगीसकेकाे छ ।
सन २००८ देखि २०१९ डिसेम्बर सम्म ३० सम्म १८१ नेपालीको कोरियामा मृत्यु भैसकेकाे छ । मृत्युहुने मध्ये अात्माहत्या गर्ने ४८ जना,सामान्य दुर्घटनामा ४७ जना, प्राकृतिक रुपमा ८४ जना, र हत्या हुनेमा २ जना गरि जम्मा १८१ रहेकाे छ । र सन २०२० जनवरीमा १ जना अात्माहत्या र १ जना कार्यस्थलमा दुर्घटनामा परि अहिलेसम्म १८३ जनाले ज्यान गुमाई सकेकाे काेरीया स्थित राजदुतावासका श्रमसहचारी डिल्लीराम बास्ताेलाले जानकारी दिए । सङ्ख्याको हिसाबले हात्माहत्या गर्नेकाे सङ्ख्या ४९ पुगेपनि पछिल्लोवर्ष आफ्नाे कार्यकालमा भने आधानै घटेकाे बताएका छन्। सन २०१८ मा अात्माहत्या गर्नेकाे सङ्ख्या ६ जना थियाे भने सन २०१९ डिसेम्बर ३० सम्म अाइपुग्दा अात्माहत्या गर्नेकाे सङ्ख्या ३ जना रहेकाे छ । यसैगरी अन्य मृत्यु सङ्ख्यामा पनि कमि अाएकाे छ सन २०१८ मा प्राकृतिक रुपले ११ जना दुर्घटनामा परि ११ जना जम्मा २७ जनाले ज्यान गुमाएको छ भने सन २०१९ मा प्राकृतिकमा १३, दुर्घटनामा २, अात्माहात्यामा ३ गरि जम्मा १८ जनाकाे ज्यान गएकाे छ ।

काेरीया स्थित नेपाली राजदुतावासका श्रम सहचारी डिल्लीराम बास्ताेलाकाे भनाइ अनुसार पारिवारिक समस्या, घरमा भएको समस्या सम्झिरहने दाजुभाइ सम्पत्ति बाँडफाँड लगायत पारिवारिक समस्या सम्झि रहनु, केटि साथिकाे बारेमा धेरै साेच्नु, गलत खालकाे लत हुनु ,एकाेहाेराे हुनु , सहकर्मी साथिहरुकाे र सहयाेग र उत्प्रेरणा पाउन नसक्नु ,विदेशको जीवन र काम स्वदेशको भन्दा फरक हुने यथार्थलाई आत्मसात् गर्न नसक्नु , अत्यधिक वितृष्णा, उच्च महत्वाकांक्षा, मानसिक तनाव जस्ता कारण अात्माहत्याकाे बाटाे राेजेकाे हुनसक्ने बताए ।

अाफ्नाे कार्यकालमा काेरीयाकाे विभिन्न ठाउमा पुगेर ३० वटा सम्म कार्यक्रम सम्पन्न गरेकाे पनि बास्ताेलाले बताए कामदारकाे अबस्था, कार्यस्थल र राेजगारदाताकाे व्यबहार , खाना शुल्क बिमा, तलब भुक्तानी अादि उनिहरुकाे गुनासो सुन्नेर अाफ्नाे कुराहरु पनि राख्ने आदि अन्तरक्रिया कार्यक्रमहरु गरेकाे र बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू