“राष्ट्रिय एकता दिवस” मनाउन कोरियामा सक्रिय नेपाली संघसंस्थाले दुतावासलाई ज्ञापनपत्र बुझायो

प्रकाशित मिति: २८ पुष २०७६, सोमबार २०:२६

 

पुस २७ गते अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन 2062- 63 को जनआन्दोलन पछि सार्वजनिक दिदै आएको पृथ्वी जयन्ती ११ वर्षपछि पुनः सरकारी बिदा दिँदै आएको थियो तर फेरिपनि पुनः सार्वजनिक बिदा कटौती गरेको छ ।यसको अर्थ आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्दै आएको यहाँ का सक्रिय संस्थाहरूको ठहर छ । उनी राजा मात्रै होइनन्, राष्ट्र निर्मातासमेत हुन् । यदि, उनले नेपाल एकीकरणको आरम्भ गरेका हुँदैनथे भने आज नेपाल भन्ने देश विश्वको मानचित्रमा नरहन पनि सक्थ्यो उहाँहरूको भनाइ थियो।
यसै सन्दर्भमा राष्ट्रिय एकीकरणका महानायक पृथ्वीनारायण शाहको योगदान लाई अवमूल्यन गरी राष्ट्रिय एकता दिवस नमनाउने सरकारी नीतिको बिरोध गर्दै कोरियामा सक्रिय नेपाली संघसंस्थाले कोरियाका लागि नेपाली राजदूतावासलाई ज्ञापनपत्र बुझाएको छ।

तपाईंको प्रतिकृयाहरू