कोरियामा 1974 एडी सँग झुम्ने दिन नजिकिँदै, राष्ट्रीय गीतका रचनाकार कोरिया आउँदै

प्रकाशित मिति: २८ पुष २०७६, सोमबार १६:२४

 

ओखलढुंगा संपर्क समिति दक्षिण कोरियाले कोरियन नयाँवर्ष सल्नालको अवसर पारेर आयोजना गर्न लागेको ‘ओखलढुंगाको शिक्षा र स्वास्थ्यको लागि’ भन्ने मूल नाराको साथ सांगीतिक कार्यक्रमको विषयमा शनिबार राजधानी सउलमा पत्रकार सम्मेलन तथा चियापन कार्यक्रममा गर्यो।
कार्यक्रम तयारीको बारेमा बोल्दै संस्थाका अध्यक्ष श्री राम तमुले कार्यक्रमलाई सभ्य भब्य र उत्साहित बनाउन आम कोरियाबासी नेपालीलाई आह्वान गरेका छन् उक्त अवसरमा राष्ट्रीय गीतका सर्जक व्याकुल माइलाको नागरिक अभिनन्दन गरिने र उक्त नागरिक अभिनन्दन एनआरएन कोरियाको संयोजकत्वमा हुने जानकारी पनि दिइयो।

जनवरी 25 तारिखको दिन हुने लाईभ कन्सर्टको निमित्त नेपाल बाट प्रसिद्ध सदाबहार व्याण्ड 1974 एडी को साथ भोईस अफ नेपालका युवा प्रतिभा मेचु धिमाल र अन्जु मगर जोडदार प्रस्तुति रहने आयोजकको जनाएको छ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष रन्जन कुँवर , एम टी यु का अध्यक्ष उदय राई ,एन सी सी अध्यक्ष श्री प्रसाद श्रेष्ठ , पूर्वाञ्चल सरोकार समितिका अध्यक्ष अमृत राई लगायत का व्यक्तिले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । गत महिना नेपाली सम्पर्क समितिले आयोजना गरेको कार्यक्रम बाँडफाँडमा ओखलढुंगा समाजले जनवरी 25 तारिखको दिन कार्यक्रम पाएको थियो साथै पुर्वान्चल सरोकार समितिको क्षेत्रीय संस्थाको हैसियतले पूर्वाञ्चल सरोकार समिति बाट पनि कार्यक्रमको अनुमति पाएको थियो। स्मरणरहोस् एउटा संस्थाले कार्यक्रमको बापत मुख्य संस्थालाई 300000 won दस्तुर दिनुपर्ने हुन्छ तर उक्त रकम लिए वापत नेपाली सम्पर्क समितिले त्यो पछि कुनैपनि उत्तरदायित्व बहन नगरेको गुनासो सदैव आइरहेको छ। तर पूर्वाञ्चल सरोकार समितिले भने आफ्नो अधीन को संस्थाले आयोजना गर्न लागेको कार्यक्रममा भिषा प्रायोजन, टिकेट प्रायोजन र साउण्ड सिस्टमको व्यवस्था गरी आफ्नो दायित्व निर्वाह गरेको छ।
कार्यक्रमको लागि दोंग्देमुन बाट बसको व्यवस्था गरिएको छ भने कार्यक्रम दिउँसो २ बजेबाट शुरु हुने छ
अन्य जानकारीको लागि poster मा हेर्न सक्नुहुनेछ।

तपाईंको प्रतिकृयाहरू