कोरियन नागरिक हुम हुङ्गीललाई नेपालको मानार्थ नागरिकता प्रदान

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार २०:२४

कोरियन नागरिक हुम हुङ्गीललाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको छ। हुम हुङ्गील फाउण्डेसनमार्फत नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका कोरियन नागरिक हुम हुङ्गीललाई सरकारले आइतबार नेपालको मानार्थ नागरिकता प्रदान गरेको हो।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हुङ्गीललाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानार्थ नागरिकता प्रदान गरे। मन्त्री बाँस्कोटाले हुङ्गीलले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनको तारिफ गरे। मन्त्री बाँस्कोटाले समाजसेवी हुङ्गीललाई मानार्थ नागरिकता दिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनी ३६ वर्षअघि पहिलाे पटक नेपाल आएका थिए। त्यसयता उनी धेरैपटक नेपाल आइसकेका छन्। उनले हुम हुङ्गील फाउन्डेशन मार्फत नेपालकाे शैक्षिक क्षेत्रकाे विकासमा सहयाेग गर्दै आएका छन्।

हुङ्गीललाई सगरमाथा राष्ट्रिय पुरस्कार

सरकारले पर्वतारोहणमा योगदान दिने व्यक्तिलाई प्रदान गर्दै आएको ‘सगरमाथा राष्ट्रिय पुरस्कार २०७६’ यस वर्ष प्रख्यात आरोही दक्षिण कोरियाका नागरिक हुम हुङ्गीललाई प्रदान गरेको थियो।

८ हजार मिटरमाथिका १६ हिमाल आरोहण गरेका हुङ्गीललाई १२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा सम्मान गरिएको थियो। हुम हुङ्गील फाउन्डेसनका प्रमुख रहेका उनले नेपालमा एक अर्ब रुपैयाँ बढी लगानी गरी १६ विद्यालयका ५ हजार गरिब विद्यार्थीलाई अध्ययनकालागि
छात्रवृत्ति उपलब्ध गराउदै आएको छ।

स्रोत नेपाल न्युज

तपाईंको प्रतिकृयाहरू