जनसम्पर्क समिति दक्षिण कोरिया र धनगढी उप-महानगरपालिका मेयर बीच भेटवार्ता

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १६:०१

जनसम्पर्क समिति दक्षिण कोरिया द्वारा धनगढी उप-महानगरपालिका मेयर तथा नेपाली काँग्रेसका महासमिति सदस्य, धनगढी उप महानगर सभापति नृप ओड ज्यु संग एक कार्यक्रम का बिच एभरेस्ट करिवल्ड रेस्टुरेन्ट दोङ्देमुनमा भेटघाट कार्यक्रम सम्पन्न गरेकोछ। पार्टीका नेता ओड ज्यु आफ्नो काम विशेषले केही दिन यता दक्षिण कोरिया हुनुहुन्छ।ज . स. स. का कार्यवाहक सभापति तथा महाधिवेशन प्रतिनिधि जितेन्द्र महता को सभापतित्वमा भएको उक्त कार्यक्रम मा केन्द्रिय सदस्य ओम साउदको स्वागत मन्तब्य संगै शुरु भएको थियो। भेटघाट कार्यक्रममा बिदेश विभाग प्रमुख कमल शाही, प्राज्ञिक ब्याक्तित्व तथा ज. स. सल्लाहकार डा. अग्नि कोइराला , ने. का. महाधिवेशन प्रतिनिधि तथा सल्लाहकार बिपिन गुरुङ, निवर्तमान सभापति ,महासमिति सद्स्य गिरिराज कुँवर लगायतले देशमा पार्टीको प्रतिपक्षीय भुमिका, पार्टीमा देखिएको बिमेल र संगठित आगामी रणनीति र धारणाको विषयमा आम कार्यकर्ता र सर्वसाधारणका बिच पुगेर पार्टीलाई चुस्त दुरुस्त राख्न कत्ती पनि कसेर नराख्न आग्रह गर्नुभएको थियो।

कार्यक्रम का प्रमुख अतिथी निर्प ओड ज्युले अहिले पार्टीमा देखिएको उतार- चडाब, बिमेलको
बाहक नै आगामी महाधिवेशन रहेको उल्लेख गर्दै यो खालको हर्कत र गतिविधी हुनु नेताहरुमा अनुशासनको कमि, जिम्मेवारीको बेवास्ता , संगठन प्रतिको खेलवाड, नेतृत्वको होडबाजी लगायतको रहेको उहाँको टिप्पणी रहेकोथियो।साथै यस्ता क्रियाकलापले पार्टिमा ठूलो असर गर्ने हुदा सवै नेतामा संयमताका साथ बलियो एजेन्डा सहित मिलेर गाउँ- गाउँ, बस्ती बस्ती अनि तल्लो तह सम्म पुगेर पार्टी को सिद्धान्त , धारणा, पार्टीले गरेका राम्रा कार्यको प्रचार प्रसार मा जुट्नुपर्ने जिकिर गर्नुभयो।
सम्बोधन कै क्रममा उहाँले जे जति सतहमा बिमेल देखिए पनि नेताहरु पार्टी प्रतिको चिन्तन भने रहेकाले केही दिनमै यी खालमा समस्या समाधान हुन्छ भन्नेमा आफू विश्वस्त रहेको जनाउनुभयो।त्यसैले आम ने. का. प्रती आस्थावान सम्पुर्णलाई हतोत्साहित नभै धैर्यताका साथ आफ्नो स्थानबाट संगठन लाई हरेक कार्यमा लागि पर्न आग्रह समेत गर्नुभएकोछ।

कार्यक्रममा ज. स . संचार विभाग प्रमुख रत्न लिन्थेव, ज. स . सल्लाहकार तथा ओमन फर ओमनकी निवर्तमान अध्यक्ष पद्मा श्रेष्ठ ,ने .वि. संघ पुर्व केन्द्रीय सदस्य ईश्वर धामी, इन्छ्न क्षेत्रीय उपसभापति नवीन जोशी लगायत नेपाल बाट केही दिन यता दक्षिण कोरिया मा रहनुभएका कृकेट एकेडेमी धनगढी का अध्यक्ष सुवास शाही,नेपाल फुटबल सँघ धनगढीका अध्यक्ष मोहित शाह,नेपाल तेक्वान्दो सँघ धनगढी का अध्यक्ष प्रदिप धाप लगायतको बाक्लो उपस्थिती रहेको थियो।

मध्य भागमा प्रमुख अतिथि लगायत नेपाल बाट आउनुभएका अतिथी लाई सल ओडाएर सम्मान गरिएको उक्त कार्यक्रमको संचालन महामन्त्री कुमार थापाले गर्नुभएको थियो।सन्चालनको क्रममा ज. स. स. ले अबको केही दिन भित्रै साधारण सद्स्यता हरेक क्षेत्रमा पठाइसकिने भएकाले ने. का. मा आस्थावान सम्पुर्णलाई साधारण सदस्यता लिनुहुन अपिल गर्नुभएको थियो।समापन का. वा. सभापति जितेन्द्र महताले गर्नुभएको थियो।

तपाईंको प्रतिकृयाहरू