एनसिसिको पहिलो बैठक जनवरी पाँचमा,कार्यसमितिले पुर्णता पाउने

प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार ११:१३

नेपाली सम्पर्क समिति(एनसिसि) दाक्षिण कोरियाको पहिलो वैठक आगामि आइतबार बस्ने भएको छ । गत आइतबार सम्पन्न १७ औँ अधिवेशनले श्री प्रसाद श्रेष्ठ अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको थियो ।

सर्वसहमति बाट कार्यसमिति निर्माण भएपनि कार्यसमिति भने पुर्ण छैन । नव गठीत कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुरु जोशी,महासचिवमा अभिषेक सापकोटा,कोषाध्यक्षमा इश्वरी खड्का र सदस्यमा प्रेम चौधरि छन् । उपाध्यक्ष २,सचिव २ र ७ जना सदस्यको पद  खालि रहेको छ । उक्त पद पुर्ति गरि एनसिसिको कार्यसमितिलाइ पुर्णता दिने उद्धश्यका साथ बैठक बस्न लागेको वरिष्ठ उपाध्यक्ष पुरु जोशीले जानकारि दिए । बैठक जनवरी ५ तारिखमा सौलमा बस्नेछ ।

तपाईंको प्रतिकृयाहरू