‘भ्वाइस अफ नेपाल’ को उपाधि जिते राम लिम्बुले

प्रकाशित मिति: २२ मंसिर २०७६, आईतवार १४:२०

काठमाडौं मङसीर,२२

“द भ्वाइस अफ नेपाल” सिजन २ को उपाधि राम लिम्बुले उचाल्न सफल भएका छन् । शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्।

भिन्न चरण पार गर्दै फाइनलमा पुगेका रामले दर्शक स्रोताले गरेको भोटको आधारमा अरु तीन जनालाइ पछि पार्दै भ्वाइस अफ नेपाल सिजन २ को विजेता बनेका हुन । उनि सुरु देखि नै गायनमा अब्बल देखिएका थिय । टीम प्रमोद बाट प्रतीनिधित्व गर्दे बिजेता बनेका गायक राम लिम्बुलाइ कोच प्रमोद खरेलले नकाउट राउन्डमा टीम दिपबाट स्टील गरि आफ्नो टीममा भित्रायका थिय । आफ्नो प्रस्तुतिबाट दर्शकलाइ मग्नमुग्ध पार्न सिपालु रामले फीनालेमा रेसम बोलको गीत गायका थिय ।

 

उनको प्रतिस्पर्धामा कोच राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र कोच दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए । अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता गायक राम लिम्बुले १२ लाख नगद, डाटसन रेडीगो कार र १५ लाख बराबरको भिडियो एल्बमको साथै विश्व सांगीतिक यात्राको अवसर पाएका छन्। ।
‘द भ्वाइस अफ नेपाल सिजन–२’ को कार्यक्रम गत साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै आएको थियो । सिजन–१ मा कोच प्रमोद बाट कोच दिपले स्टील गरेका सिडी विजय अधिकारीले उपाधि जितेका थिए ।

तपाईंको प्रतिकृयाहरू