पुर्व राजदूत लामा भन्छन् -एन आर एन कोरिया ईसाई उत्पादन गर्ने कारखाना नहोस

प्रकाशित मिति: २६ श्रावण २०७६, आईतवार १०:५८

काठमाण्डौ । कोरियाका लागी पुर्व नेपाली राजदूत कमान सिङ्ग लामाले एन आर एन कोरियाको चुनवामा पाष्टर नै उठ्नु चिन्ताजनक भएको आशय व्यक्त गरेका छन् । पुर्व राजदूत लामाले फेसबुक स्टाटस लेख्दै ईसाई धर्मका पास्टर एन आर एन कोरियाको उम्मेद्वार बन्नु एन आर एन कोरिया ईसाई उत्पादन बन्ने कारखाना बन्नु जस्तै भएको उल्लेख गरेका छन् । एन आर एन कोरियाको सातौ अधिबेशनमा अध्यक्ष पदमा यज्ञ राज सुबेदीको उम्मेद्वारीलाई उनले यस्तो विवादित धारणा सार्वजानिक गरेका हुन् । उनको स्टाटसको पक्ष र बिपक्षमा प्रतिक्रिया आएका छन् ।

तपाईंको प्रतिकृयाहरू