स्टारेमिटले ल्यायो रियल टाइम सेवा, ४१ बैकमा तुरुन्तै भुक्तानी

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार १३:४४

कोरियाका नेपालीहरुको पहिलो रेमिट्यान्स स्टारेमिटले तुरुन्तै भुक्तानी सेवाको सुविधा ल्याएको जनाएको छ। यस अघि नगद भुक्तानी तुरुन्तै गर्दै आएको रेमिटले अब नेपालका ४१ वटा प्रमुख बैंकहरुमा तुरुन्तै रकम जम्मा गर्न सकिने जनाएको छ। कोरियामा रहेका नेपालीहरुलाई बिशेष सुबिधा दिने उदेश्यका साथ यो सुबिधा ल्याएको उक्त रेमिटले जनाएको छ।
स्टारेमिटले अटो डेबिट सुबिधा, पहिलो रेमिट निशुल्क लगायतको सेवा मार्फत कोरियाबासी नेपालीहरुको मन जित्न सफल भएको दावी गरेको छ।

तपाईंको प्रतिकृयाहरू