नेपाली खेलकुदको सौर्न्दर्यतामा खेलमनोबिज्ञानको अभाव।

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार २२:५७

डिएन घिसिङ

सफल खेलाडी हुन खेलमनोबिज्ञान कस्तो हुनुपर्छ अहिले नेपाली खेलकुद क्षेत्रमा खोजिएको बिषय बन्ने गरेको छ ।अहिलेसम्मको नेपाली खेलकुद इतिहास पल्टाउने हो भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अधिकाम्स तयारी खेलाडीको ट्रेनिङ्गलाई मात्रै फोकस गरिएर हेरिएको छ। बहुअन्तर्राष्ट्रिय खेल प्रतियोगिता साग गेम्स,एसियन गेम्श र ओलम्पिक गेम्श जस्ता बृहत खेलमा सहभागी हुन जाने तयारी अन्तिम घडीमा खेलाडी तयारी हुनु सर्बाधिक असफलताको संकेतको रूपमा रूपमा लिने गरेको छ नेपाली खेलकुदमा।राज्यको तर्फबाठ युवा तथा खेलकुद मन्त्रालय,रास्ट्रीय खेलकुद परिषद ,नेपाल ओलम्पिक कमिटी र सम्बन्धित सघको सधै सरोकार रहने यो कार्य पुर्ब तयारीमा बेखवर रहनु मुलुकै लागि दुर्भाग्य भन्दा अतियुक्ती नहोला।यहाँ चर्चा गर्न योग्य ठानेको चाहिँ खेलकुदमा मनोबिज्ञानले कस्तो प्रभाव पार्छ चाहे त्यो पदाधिकारी वा प्रशिक्षक या खेलाडी हुन जस्ले आअफ्नो क्षेत्रमा उल्लेखनीय योगदान दिन सक्ने बाताबरण कसरी हुन्छ यहि प्रश्नको उत्तर सर्बाधिक चासोको रूपमा खोजिएको छ। नतिजा आएपछि खेलाडीले खेल्नै सकिएन भन्ने बाहेकको रेडिमेड उत्तर ब्यबस्थापकले दिने बाहेक अरु बिकल्प ठान्दैनन ,त्यही प्रश्नको जबाफमा प्रशिक्षकले पनि खेलाडीप्रती गुनासो बाहेक अन्य केही गर्दैनन। सहभागी भएका खेलाडीहरु यो वा त्यो अभाव अनि ब्याबस्थापन गतिलो नभएको कुरा बाहेक अन्य उच्चारण गर्दैनन। नेपाली खेलकुदलाई नजिकबाट हेरिरहनुभएका खेलकुद मनोबैज्ञानिक अर्थात स्पोर्ट्स साइकोलोजिस्ट इन्द्र गुरुङ भन्नूहुन्छ “मेन्टल पर्फमेम्सको अभावमा यो खाले तर्क आइरहन्छ। जब सम्म उनीहरू अर्थात खेलाडीलाई आफ्नो जिबनमा कतिवटा स्वर्ण पदक जित्न सक्छु भन्ने माइन्ड सेट हुदैन तब सम्म नतिजामा संभावना कम हुन्छ।” उहाँ अगाडि भन्नुहुन्छ “खेलाडीको माइन्ड अफ च्याम्पियन तब सिर्जना हुन्छ जब उसको स्वस्थ्य,शिक्षा,परिवार,प्रशिक्षण लगाएत समजोड मनोबिज्ञान ठिक ढङ्गले चलेको हुन्छ।” केही बर्ष पहिले नेपाल ओलम्पिक कमिटीको बिशेश अधिबेशनमा उहाले कार्यक्रम सन्चालन गर्नु हुदा तत्कालीन अबस्थाका दुई भिन्न बिबादास्पद ओलम्पिकको भयबह र अबरोध बिचमा भएको त्यो ओलम्पिक सभा उहाँको सकारात्मक र प्रेरक बिचार निकै आन्नददायी गर्बिलो महसुस गरेका थिए सहभागीहरुले। एक भिन्न कुराकानी क्रममा दोहोरो संवादमा भनिएको थियो , मेन्टल पर्फमेन्स अर्थात स्वस्थ सोचाइ नेपाली खेलाडीलाई बढी चाहिन्छ कि नेपाली ब्याबस्थापकलाई ,उहाले अर्थ्याउनु भएको कुरा बडा गजब लाग्छ ,स्वस्थ हुन स्वस्थ बनाउने भन्नेले पहिला गर्नुपर्छ। बास्तबमा साइकोलोजीले के गर्न सक्छ भन्ने कुरा भन्दा पनि नतिजामा हेर्ने कुरा हो।अगिल्लो सस्करनको अन्तर्गत भारतमा सन२०१६मा आयोजित साग गेम्शको फुटबल खेलमा नेपालले विपक्षीको भुमिमा नै पराजित गर्नुलाई ऎतिहासिक सफलता लिन सकिन्छ।त्यो जितको एक हिस्सा स्पोर्ट्स साइकोलोजिस्ट इन्द्र गुरुङमा जान्छ।उहाले भन्नू भएको थियो “अगिल्लो दिनको त्यो मेन्टल थेरापी विपक्षी केही होइन कम्जोर छ्न जस्ता दिमागको संतुलनले भोलिपल्टको खेलमा आधिहुरी ल्याएका थिए नेपाली खेलाडीहरुले पार्ने एकाग्रताले खेलाडीको त्यो पर्फ्मेन्स निकै सुन्दर देखिएको हो।” धेरै खेलप्रेमी वा ब्याबस्थापकलाई भ्रम छ कि खेलाडीले खेल्ने हो नतिजा उसैले दिने हो।नेपाली खेलमा सबैभन्दा मह्त्व दिइएको कुरा खेलाडीलाई गतिलो तालिम चाहिन्छ भन्नेमा हुन्छ। यो नै सबथोक भनिरह्दा खेलाडीलाई खेल खेल्नु पर्छ भन्ने ब्याबस्थापको लत्याई शव्द अनि मैले सिकाएसी जितिन्छ भन्ने प्रशिक्षकको कम्जोर तयारी जस्ले खेलाडीको पसिना निकाल्ने र पसिना पुस्ने कपडाको मात्रै चाजोमिलाउने कार्य सफल भएको छ ।यकातिर अन्तर्राष्ट्रिय प्रतियोगिताको सेरोफेरोमा मात्रै रास्ट्रीय खेलकुद परिषदमा म प्रशिक्षक हु भन्दै ताती लाग्ने हुल उदेकलाग्दो रहेको एक खेलकर्मीले बताए ।उनिहरु आफैबाट उत्पादन गराउन भन्दा पनि स्वयसेबक प्रशिक्षकले तयारी गर्ने उत्कृष्ट खेलाडीलाई गर्व गर्ने चलन रहेको देखिन्छ । बास्तबमा के हो प्रशिक्षकको कर्तव्य ? खेल विशेषज्ञ र ज्ञाता भएकै कारण सरकारी सुबिधा सहित अनुबन्ध गरिएको हुन्छ।आमनागरिक एब खेल प्रशिक्षकले इच्छुकहरुलाई प्रोत्साहन र उत्कृष्ट खेलाडी उत्पादन गर्नु हो।अधिकाम्स बाहेक मोबसलमा रहनेहरुले हाजिर गर्न र महिना कटाउन बाहेक अन्य गतिलो काम नगर्ने राखेपा हातामै चर्चा हुने गर्द्छ। ए सुबिधा लिएका प्रशिक्षकले खेलाडी तयारी नगरी बिदेश सयरको मात्र मौका कुर्नु र खेलाडीले अन्तर्राष्ट्रिय जगतमा सफलता नपाउनु पनि एक कारक मान्न्ने गर्द्छ। निक्कै अनुभवी कराते प्रशिक्षक धुर्ब बिक्रम मल्ल भन्नूहुन्छ ” खेलाडी उत्पादन गर्न सजिलो छैन। उनीहरुको दिनरात हेरचाह गर्नु उतिकै महत्त्वपूर्ण हुन्छ।”अगाडि भन्नू हुन्छ “प्रतिभाबान खेलाडी पहिचान गर्नु र क्षमता अनुसार तयार गर्नु एक कुशल प्रशिक्षकको कार्य हो।
राज्यको खेलकुदकर्मीले समयमै खेलमनोबिज्ञान बुझेर मेन्टल पर्फमेम्सको साधारण प्रक्रिया अपनाउन सके नेपाली खेलकुदको लागि अगामी दिनमा अन्तर्राष्ट्रिय पदकको खडेरी नहुनेमा बिश्वासत गराउन सकिन्छ।
(पंक्तिकार नेपाली खेलकुद क्षेत्रमा दुई दशक देखी सक्रिय रहदै आएका खेलकर्मी हुन)

तपाईंको प्रतिकृयाहरू