कोरियामा प्रणय विशेष गजल मुक्तक साँझ हुने

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार १६:१०

सौल।प्रणय दिवसको अवसर पारी आगामी फेब्रुरी २३ तारिखका दिन कोरियाको राजधानी सिओलको दोङ्देमुन शहरमा प्रणय विशेष गजल मुक्तक साँझ हुने भएको छ । प्रवासमा नेपाली साहित्यको उत्थान र प्रवद्र्धन साथै नेपाली दाजुभाईहरुवीचको भाईचारा सम्बन्ध कायम गर्ने उद्देश्यका साथ कोरियामा पहिलो पटक प्रणय विशेष गजल मुक्तक साँझ हुन लागिरहेको हो । उक्त कार्यक्रममा प्रणय विशेष गजल वाचनमा गजलकार एईडेन छन्त्याल रहनेछन् भने मुक्तक वाचनमा मुक्तककार शुशील अर्याल रहनेछन् । साथमा अन्य थुप्रै सर्जकहरुको पनि गजल मुक्तक वाचन रहनेछन । कार्यक्रम साँझ ७ः३० वाट नेपाली किचन दोङ्देमुनमा शुरु हुनेछ । कार्यक्रम मुक्तक प्रतिष्ठान दक्षिण कोरिया सँगको सहकार्यमा हुँदैछ । साथै यस मनोरञ्जनात्मक कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन साथ र सहयोगको लागि विभिन्न संघ संस्था, समाजसेवी, पत्रकार, वुद्धिजिवी, ब्यापारी, विद्यार्थी, तथा विभिन्न भिषामा कोरियामा रहनुहुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा अायाेजककाे तर्फवाट अनुराेध गरिएकाे छ । कार्यक्रम हुने स्थान तथा नेपाली किचन दोङ्देमुन गेट नं. ३ वाट सिधा अगाडी हुँदै वाँया तर्फको गल्लीमा रहेको छ ।

तपाईंको प्रतिकृयाहरू