कमरेड, भ्यूटावर भन्दा पहिला ठुला ठुला कारागार बनाऔँ

प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १५:३५

नविन बास्कोटा। चाईनिज नयाँ बर्ष (सलनाल) चाड भर्खरै सकियो।देशबाहिर विभिन्न देशमा यो चाड राम्रै सँग मनाउने गरिन्छ।परदेशमा चाडवाडमा परिवार खुबै सम्झना आउने गर्छ।
उता देशमा भने यस बर्षका लगभग सबै चाडबाड सकियो।परदेशिको लागि भने यो ठुलै युद्ध जित्नु बराबर हो।बर्षै पिछे आउने यस्ता ठुला युद्ध जित्न निकै मायुर भै सक्या छ ठूलो नेपाली जमात।
हुनत विभिन्न समयकालमा जेलनेल भोगी कठोर शासकहरु सँग जुहारि खेली आज देशको सर्बोच्च स्थानमा हुँदै गर्दा तपाईं गणराजाहरुलाई यस्ता बिषयहरु सामान्य लाग्नु सामान्य नै हो तर कमरेड अनुभुती र अनुभव दुई भिन्न कुरा रहेछ।यी बन्धक लगाइएका जवानी भावाना सामु फगत छ्न तपाईंका अनेकन तर्कहरु।

एन कानुन नियम दफा म खास बुझदिन।
न बुझ्छु जिवनको आदर्श र सिधाान्त ।
म भुइँमान्छे ।
मलाई गगनसँग रमाउनु छैन
बस यो धर्तीमा एक सिङ्गो आयु खुशी साथ बाच्न चाहान्छु।जीवन बाच्दै गर्दा जिवन्तताको लागि मेरो हरसंम्भव प्रयास रहन्छ।
मेरो प्रयासहरु निरर्थक छ जब सम्म मेरो जिवन सँग राज्य जोडिदैन।
राज्य आफू सम्म जोड्नलाइ धेरै पहिले देखि ठुला ठुला संघर्षहरु नभएको भने हैन।

हिजोअस्ती जस्तो लाग्छ
गाउँ गाउँ बाट उठ
बस्ती बस्ती बाट उठ
यो देशको मुहार
फेर्नेलाई उठ
गायक रमेश श्रेष्ठको आवाजमा तत्कालीन रल्फा नामक समुहबाट रेकर्ड गरिएको उक्त गित २०६२/६३ ताका जनआन्दोलनमा गुन्जिएको।
जिन्दावाद र मुर्दावादको आवाजले सडक तातेको थियो।बुवाको साथमा हात समाउदै सगसगै स्वरमा स्वर मिलाएको।
समयले निकै नेटो काटेछ।हिजोअस्ती लाग्ने समय गणित गरे चौध पन्ध्र बर्ष पुग्न लागेछ।

तपाईंहरुकै नेतृत्वमा राणा फालियो राजा फालियो युद्ध गरियो युद्ध सुल्झाइयो बिगत सात दशकमा छ व्यवस्था फेरियो।सायदै होला यो भूगोलमा यति छिटो यतिका व्यवस्था अगाल्ने मुलुक।गरिएन चाहिँ के जयनेपाल/कमरेडहरु?आज त्यहीँ देश जनताको खातिर लड्ने धावक देशको भाग्य र भविस्य बदल्न शासन सत्ता समाली रहेको छ र बिच सडकमा खुलमखुल्ला बोल्छ।
देश कर्मचारीले बिगारे।

सम्वभत इतिहासमा नै सबैभन्दा धेरै ठुलो आशा देखाएको सरकार हो यो।जति धेरै आशा हुन्छ उति नै धेरै निराशको सम्भावना रहन्छ।
एक कुशल लिडरले अघिको बाटो पहिचान गरे पश्चात् समय सापेक्ष निर्णय लिन सक्नु पर्छ।

हाल नेपालमा ८७, ७४३ निजामति कर्मचारी कार्यरत छन्।साथै ९६ हजार सेना, ७५,२९७ नेपाल प्रहरी र ३७,११९ ससस्त्र प्रहरी छन।मात्र यतिलाइ उचित ब्यवस्थापन गर्ने सके देशले कायपलट लिन्छ।(शिक्षा र स्वस्थ्यको गम्भीरतालाई मध्यनजर गर्दै सगै राख्न चाहिन)
तर
स्थानीय सरकार प्रदेश र प्रतिनिधि गरि झन्डै पाउने दुईलाख जनप्रतिनिधि बोकेर दुई तिहाइ बहुमतको साथ देश विकास गर्ने अघि बडेको यो सरकारले कर्मचारीलाई दोष लागाउदा कमरेड कतै लज्जा लजाउने पो हो कि?

यति छिटै नभुलौ इतिहास यस्तो पनि कोरिएको छ जहाँ तत्कालीन सिङ्गो सरकार सिङ्गो पार्टी जनता सामु जाने एकै मात्र नैतिकता आधार तिनै एक सरकारि कर्मचारि बनेको थिए।

सन् २०१६ मा कोरियाको तिब्र गतिको रेल र मेट्रो रेलका कर्मचारीले हप्ता दिनआन्दोलन गर्दा रास्ट्रपतिले तत्काल काममा नफर्कने कर्मचारी र रेल ड्राइभरलाई आजीवन सरकारी काम र सुबिधाका लागिअयोग्य हुने निर्णय गरियो भोलिपल्ट सबैजना आफ्नो कार्यमा फर्के, नेतृत्व गर्ने जेल पुगे।
यहि बर्ष २०१८ जुन महिनामा निकै चर्चामा रयो जापानको पश्चिमी शहर कोबिमा खानेपानी बिभागको कर्मचारी मात्र तीन मिनेट अगाडि खाना खान गएको हुदा काममा एकाग्रता नभएको भनि जरिवाना सहित काम बाट हटाइएको ।कर्मचारीलाइ कर्मठ बनाउनको निम्ति अपनाइएका यस्ता धेरै उदाहरण यसै भूगोलमा पाउन सक्छौ ।

र यो पनि स्मरण रहोस् र त्यहीँ देश कोरियामा अन्तिम वहालवला रास्ट्रपति सहित तीन पुर्वरास्ट्रपति भ्रष्टाचार अभियोगमा हाल कारागारमा बन्दी जीवन बिताइ रहेको छ्न।

संसारको कुनै पनि देशमा कर्मचारी तह लगाउनु पर्दैन मात्र राजनैतिक नेतृत्व ठिक रहे सबै ठिक भएर जान्छ।
हाल सम्म पनि भ्रष्टाचार गरेको सप्रमाण रहदै गर्दा समेत सरकारि सेवा बाट बन्चित नगर्ने कानुन बनाएर कर्मचारीलाई दोष बोकाउदै गर्दा लोक कति हाँस्छ भन्ने हेक्का किन नरहेको मान्य ज्युहरुमा।
नीतिनिर्माताले भ्रष्टाचार गरेको प्रमाणित भएमा आजिवन नेपाल सरकारको सम्पुर्ण सेवाबाट वन्चित गराउने कानुन बनाउने हो भने मात्र आधा भ्रष्टाचार त्यसै कम भएर जानेमा कुनै बैज्ञानिक हिसाबकिताब गरिरहनु पर्दैन।

कानुन बलियो बनाउदै कर्मचारीलाई जिम्मेवार बनाउने क्रममा राजनीतिक नेतृत्व स्वयंले पनि आफ्नो आचारण सुधार्नुपर्छ।योग्यता क्षमता बढाउनुपर्छ। राजकाजमा सिपालु हुनुपर्छ। अनि मात्रै कर्मचारीले भित्रैबाट आदर गर्छन्।नेतृत्वलाई कर्मचारीले बिश्वास गर्ने वातावरण बने पश्चात् मात्र नेतृत्व बलियो भएर जाने छ।

म/हामि के गर्दैछौ भनी कुनै दिन बिहानीको चार बजे बिउझेर नेतृत्व बर्गले आफैलाइ प्रश्न गर्दै आफैं खोज्ने गर्नु ?
अनि पनि निद्रा आएमा राजनीति छोडी आफ्नो दुनियाँमा रमाउनु होला।
जब स्वार्थ सामु मानव शरिरमा मानव संबेदनसिलता हराएर जान्छ तब हर निर्णयहरु जनआकाङ्क्षा बिपरित गरिने छ्न।

मानिस जन्मे पछि मर्छ यो शाश्वत सत्य हो।मर्दा केही लानु छैन खैर हाम्रो लासलाई मुर्दा कहलिएला तिम्रो पार्थिवशरिर ।हामी जल्ने छौ तिम्रो दाहासंसकार गरिएला।हामिलाइ घाट पुर्याएला तिमीलाइ आर्यघाट लगिएला।हाम्रो संवेदनाहरु मृदभाषी भनिएला तिम्रोमा प्रेरणादायी लेखिएला।
कमरेड अन्ततोगत्वा तिमी न म उहीँ दुईमुठी खरानी भै यहीँ माटोमा विलीन हुने छौँ ।
हाम्रो पुर्वीया सनातन धर्म भन्छ जिवित मानव शरिर जल तेज वायु आकाश सम्मान र आधा पृथ्वी अर्थात माटोले बनेको हुन्छ।तसर्थ अन्तिम बिन्दु पनि यहि माटो हो।
सोचौं त कमरेड माटोले नि सराप्यो भनि?

त्यसो नहोस कामना गर्छु तिमि बिलाएको माटोमा पिपल तुलसी उमृयोस।
त्यसैले कमरेड भ्यु टावर भन्दा पहिले ठुला ठुला कारागार बनाउ जहाँ बर्षौ देखि देशको खोला बन सडक समग्रमा समृद्धि खानेहरु आटुन।
बीस लाख पर्यटक भित्राउने योजना साथ भ्रमण बर्ष २०२० मनाउदै गर्दा खाडिमा भासिएको युवालाई देश भित्राउने उचित योजना सहित देश फर्क अभियान २०७५ किन नमाउने।
अनि पो बल्ल देशमा आफ्नै हातले बनाएको गोरेटोमा छुकछुके रेल कुद्ने छ।
सागरमा देशको झन्डा फरफराउदै पानीजहाजमा निर्यात गरौंला हाम्रो आफ्नै पसिनाको मिहेनतहरु।

तपाईंको प्रतिकृयाहरू