“भिन्तुना साँगीतिक साैगात भाग२”को तयारीमा तिब्रता ,फाइदा भएको रकम रास्कोट हस्पिटलका लागि

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार २१:१७

सौल
यहि आउदो फेब्रुअरी ३ तारिख सलनालको अवसर पारेर नेवा:पुच:ले आयोजना गर्न लागेको राष्काेट सामुदायिक हस्पिटल निर्माण सहयाेगार्थ “भिन्तुना साँगीतिक साैगात भाग२”को बारेमा गत आइतबार सौल दोङेदेमुन स्तिथ कुमारी भान्चा घरमा पत्रकार सम्मेलन साथसाथै चियापान कार्यक्रम सम्पन्न भएको छ।
विभिन्न सामजिक सस्थाका प्रतिनिधि ,पत्रकारहरुको बाक्को उपस्थिति रहेको उक्त कार्यक्रमको सन्चालन समाजसेवी तथा पत्रकार सन्तोस श्रेष्ठले गरेका थिए भने क्रमशः एन सि सि ,पत्रकार महासंघ ,जनजाती महासंघ लगायत क्षेत्रीय सस्थाका प्रतिनिधिहरुले कार्यक्रम सफल पार्न भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
मनोरञ्जनका साथै सामाजिक काम गर्ने पबित्र अवसरमा सहभागी हुन कोरियामा रहेका सम्पुर्ण कोरियाबासी नेपालीलाई कार्यक्रमका सम्योजक श्रीप्रसाद श्रेष्ठले अनुरोध गरेका छ्न
साथै उहाँले पत्रकार सम्मेलनमा कुल मुल नाफाको ५० प्रतिशत रकम निर्माणधिन रास्कोट सामुदायिक हस्पिटलमा हस्तान्तरण गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
कार्यक्रम बिल्कुलै परोपकारी काम भएकाले भब्य ,सभ्य रुपमा सफल पार्न आर्थिक ,भौतिक, नैतिक रुपमा सहयोग गर्न सस्थाका अध्यक्ष पुरु जोशीले सम्पुर्ण संघ सस्था तथा कोरियामा रहेका नेपालिहरु लाई आग्रह गरेका छन् ।
कलाकारहरु
१. पपगायक : पुष्पन प्रधान
२. पपएन्ड रक गायिका : अनु शाक्य ( भोइस अफ नेपाल )
३. म्युजिसियन एन्ड पप गायक : उत्तम जङ लिम्बु
४. लोक गायिका : सर्मिला श्रेष्ठ
५. आधुनिक तथा लोक गायिका : तारा शिरीष मगर
६. मोडल एण्ड डान्सर : रेखा राइ निर्माण सहयाेगार्थ
कार्यक्रम जाने स्थान दोङ्देमुन ३ नम्बर गेट बाट १५० मिटर

तपाईंको प्रतिकृयाहरू