‘नेपाल आइडल २’ ले सौलमा धमाका मच्चाउने आयोजकको दाबी,फाइदा भएको रकम “शिक्षा र स्वास्थको”लागि

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार २०:०३

सौल
नेपालको लोकप्रिय रियालिटि शो नेपाल आइडल सिजन २ कोरिया आउने पक्का भए लगत्तै प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरियाको समन्वयमा नुवाकोट समाज साउथ कोरियाले नुवाकोट जिल्लाको बिकट क्षेत्र” शिक्षा तथा स्वास्थ्य” सहयोगार्थ नुवाकोट साङितिक सौगातको पत्रकार सम्मेलन गत आइतबार सौल स्तिथ एक रेस्टुरेन्टमा भब्यताको साथ सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि , पत्रकारको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम सन्चालन सस्थाका सचिब सुन्दर प्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष राजदोङ तामाङले गरेका थिए ।

नुवाकोट समाजले आयोजना गर्न लागेको कार्यक्रम बिल्कुलै परोपकारी काम भएकाले भब्य ,सभ्य रुपमा सफल पार्न आर्थिक ,भौतिक, नैतिक रुपमा सहयोग गर्न सस्थाका अध्यक्ष सन्तोस कुमार राइले सम्पुर्ण संघ सस्था तथा कोरियामा रहेका नेपालिहरु लाई आग्रह गरेका छन् ।

नेपाल आइडल सिजन टु का चार प्रतिस्पर्धीहरु बिक्रम बराल, सुमित पाठक, रवी ‌ओड र अस्मिता अधिकारीसहित
रक स्टार पवन गिरि ,नुवाकोटकि चेली चर्चित डान्सर
रश्मि तामाङ ,चर्चित हास्यकलाकार तथा लोक गायक पुर्खे बा उध्घोसिका उरुसा जोशी कोरिया आउदै छन।
कार्यक्रम हुने स्थान – जोङो5 गा बाट ३०० मिटर
दोङ्देमुन बाट १० मिनेट हिडेर

तपाईंको प्रतिकृयाहरू