हिमालयन बैंकको आकर्षक सुविधा:कोरियाबाट पठाएको पैसा २ मिनेट भित्र नेपालमा भूक्तानी

प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार १४:५६

सौल। हिमायन बैंकले कोरियामा रहेका नेपालीहरूलाई लक्षित गरेर विशेष सुविधा दिने भएको छ। दक्षिण कोरियाको क्यूएस रेमिट संग सहकार्य गरेको बैंकले क्यूएस रेमिटमा रकम डिपोजिट गरेपछि नेपालको हिमायन बैंकमा सिधै भूक्कानी सेवा दिने भएको हो। यसले कोरियामा रहेका नेपालीहरूलाई ठुलो राहत मिल्ने बैंकको विस्वास रहेको बताईएको छ। नेपालको सबैभन्दा उत्कृष्ठ बैंकको रूपमा परिचित हिमायन बैंकको फेब्रुवरी २१ तारिख देखि कोरियामा पनि खाता खोल्न सकिने बताईएको छ।

यता कोरियामा पछिल्लो समय क्यूएस रेमिटले आफ्नो सेवालाई विस्तार गर्दै लगेको छ। क्यूएस रेमिटको सदस्य रहेका ग्राहकहरूले देशैभरी हिमाल रेमिटको ११ हजार भन्दा बढि काउन्टरबाट १० मिनेट भित्र रकम प्राप्त गर्ने बताईएको छ। त्यस्तै अन्य बैंकहरूमा भने ४ घण्टा जति लाग्ने बताईएको छ। पछिल्लो समय कोरियाको रेमिट कम्पनी संग सहकार्य गरिरहेका नेपाली रेमिट कम्पनी मध्ये हिमाल रेमिट उत्कृष्ठ रेमिट हो। क्सूएस रेमिटको कार्यालय दोंदेमुनमा रहेको छ।

पछिल्लो समय रेमिट कम्पनीहरू तछाड मछाड गर्दै खुले पनि नेपालमा पेआउट (भूक्तानीमा ढिलाई)को समस्या बढेपछि कोरियाका नेपालीहरू नेपालको भरपर्दो बैंक संग बढि भर पर्न थालेका छन्। देशभरीको सन्जाल र उत्कृष्ठ बैंक भएकोले हिमाल रेमिटले सेवामा कुनै कमी नहुने हिमाल रेमिटका रेमिट्यान्स प्रमुख यूमा श्रेष्ठ बताउँछन् ।

तपाईंको प्रतिकृयाहरू