कोरियामा नेपालीले राजनिती गर्दैनन्,यो अतिरिक्त समयमा गरिने बहस मात्र हो-राजु श्री

प्रकाशित मिति: १५ आश्विन २०७४, आईतवार २०:००

नेपालमा नेपाल आइडल, स्थानिय निकायको निर्बाचन, दशै तिहार को चर्चा सगै राजनिती बृतमा धुर्बिकरण अभियानको पनि व्यापक चर्चा छ ।पछिल्लो समयमा माओबादी केन्द्रमा भएको धुर्बिकरण धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।यसै सेरोफेरोमा रहेर हाल धुर्बिकरण अभियान कोरियाका सम्योजक तथा नयाँ शक्ति पार्टी कोरियाका पुर्ब संगठन बिभाग प्रमुख ,प्रचार प्रसार बिभाग प्रमुख तथा प्रबास प्रादेशिक समिती सदस्य राजु श्री सँग गरिएको संक्षिप्त कुराकानी:

नयाँ शक्ति पार्टी छोड्नु भएको हो ?

नयाँ शक्ति पार्टी छोड्नु भन्दा पनि हामी सबै एक हुने धुर्बिकरण अभियानमा छौ ।

आज भन्दा ठिक एक बर्ष अगाडी देशमा बैकल्पिक शक्ति आबश्यक छ भन्दै कोरियामा नयाँ शक्ति पार्टी को संगठन बनाउदै हिड्नुभयो आज धुर्बिकरण अभियान भनेर हिड्दै हुनुहुन्छ खासमा धुर्बिकरण अभियान भनेको के हो ?

छोटकरिमा भन्नू पर्दा आधारभुत सोचाइ र बैचारिक भावना एक भएका परिबर्तन कारी शक्ति हरु बिच एकता गराउने अभियान नै धुर्बिकरण अभियान हो ।अर्थात् माओबादी केन्द्रलाइ एउटा शक्ति बनाउन मद्दत गर्दै यो अभियानले परिबर्तनका शुत्रधार हरु बाबुराम भट्टराई र प्रचण्ड लाई पुनः एक गराउने प्रयास समेत गर्ने छ भन्ने मेरो बुझाइ रहेको छ ।

तर बाबुराम भट्टराईले त आकाश खसोस पातल भासियोस कुनै हालतमा फर्किन्न भनेका छन् नि ?

कमरेड प्रचण्ड ले पुनः पार्टी मा फर्कनको लागि अपिल गरिरहनु भएको छ ।उहाले जान्न पनि भनिरहनु भएकै छ ।बाच्छो अगाडी लागे पछी लैनो गाइ आफै हिड्छ ।म यो भन्दा धेरै भन्न चाहन्न ।

धुर्बिकरण अभियान नयाँ शक्ति लाई कमजोर बनाउने अभियान मात्र हो भनेर भन्छन् यो सत्य हो ?

नयाँ शक्ति पार्टी बाट अधिक मात्रमा नेता तथा कार्यकर्ता हरु यो अभियानमा होमिनु भएको ले स्वाभाबिक रुपमै नयाँ शक्ति कमजोर बनेको पक्कै हो ।यद्दपी नयाँ शक्ति बाट मात्र नभई विभिन्न पार्टी बाट र स्वतन्त्र ब्यक्ती हरु पनि यस अभियानमा सामेल हुनुहुन्छ ।

एउटा बिरुवा रोपेपछी त्यसको फल खान केही समय कुर्नु पर्छ भने जस्तै नयाँ शक्ति पनि भर्खर जन्मेको पार्टी थियो तर छोड्न किन हतार गर्नु भयो ?

प्राकृतिक रुपमा यो प्रश्न एकदम ठिक हो ।तर राजनिती र प्रकृतिको गणित फरक हुन्छ ।प्राकृतिक हिसाबले नै उत्तर दिने हो भने पनि २/३ बर्ष सम्म मलजल गरे पछि एउटा बिरुवाले केही संकेत पक्कै दिन्छ ।अर्थात हुने बिरुवाको चिल्लो पात भने जस्तै
उसले समय अनुसार आफ्नो आकार लिन्छ ।यदि आकार लिन सकेन भने त्यसलाइ त्यति हेरचाह गरिदैन ।

दुई तीन बर्ष सम्म कोरिया बाट नयाँ शक्तिलाइ राम्रै
गोड्मेल मलजल गर्नु भएकै हो तपाईं लाई चाहिँ कस्तो अनुभव भयो ?

स्वाभाबिकै हो मैले मात्र नभई हाम्रो सम्पुर्ण टिमले अधिक मेहनत गरेकै हो ।यो अबधिमा पार्टी संचालन सम्बन्धि मैले ६ प्रकारको फरक अनुभब पाए । १.माओवादी बिचारधारा बाट आउनु भएका ब्यक्तिहरु अलिक पृथक र परिस्कृत तरिका अपनाउदै बैज्ञानिक बिधिबाट पार्टी चलाएर जानू पर्छ भन्ने बिचार भएको पाए ।२.निजामती क्षेत्र बाट आउनु भएका ब्यक्तिहरु सरकारि कार्यलय जसरी पार्टी चलाउन खोजेको पाए ।३.एनजिओ आइएनजिओ बाट आउनु भएका ब्यक्ति हरु चर्पी कसरि प्रयोग गर्ने ,चर्पि प्रयोग गरे पछी साबुन पानीले कसरी हात हुने जस्ता बिधिले पार्टी चलाउन खोजेको पाए ।४.कलाकार हरु मिथ्यक स्क्रीप्ट लेखेर काचको पर्दामा उड्ने जस्तै गरि पार्टी चलाउन खोजेको पाए ।५. गैरराजनीतिक प्रौढ ब्यक्तिहरु खानेपानी, सामुदायिक बन जस्ता उपभोक्ता समिती चलाए जसरी पार्टी चलाउन खोजेको पाए ।६.प्रबाशमा रहेका युबाहरु ,सामाजिक सन्जाल र ईन्टरनेट को पहुँच मा रहेका र केही शहरी युबाहरु फेसबुक मार्फत नै पार्टी चलाउन सकिन्छ भन्ने पाए ।

त्यसो भए के नयाँ शक्तिको नेतृत्व कमजोर हो ?

नयाँ शक्तिको नेतृत्व अर्थात् बाबुराम भट्टराई को
आलोचना गर्ने या ब्यक्तिगत टिप्पणी गर्ने हैसियत मैले राख्न सक्दिन ।तर उहाँको आगामी राष्ट्रिय राजनिती प्रति भने म अत्यन्तै चिन्तित छु ।पार्टी चलाउने बिशयमा उहाले गम्भीर समिक्षा गर्नै पर्छ ।

स्थानिय निकायको निर्बाचन अगाडी संघीय समाजबादि फोरम सग एकता गर्ने र पार्टीको नेतृत्व उपेन्द्र यादबले गर्ने चर्चा सगै कर्याकर्तामा बितृश्णा आएको भन्ने हल्ला छ नि ?

यो कुरा म मान्दिन । पार्टी एकता गर्ने या पार्टी मा रहने नरहने भन्ने कुरा बैचारिक कुराहरु हुन् ।नाकको आकार र छालाको रंग हेरेर राजनिती गर्ने हो भने हामी र हाम्रो समाज कहिल्यै अगाडी बढ्न सक्दैन ।

तपाइको बिचारमा अब नयाँ शक्तिको भबिस्य कस्तो
हुनेछ
?

जनयुद्ध र आन्दोलनको स्वामित्व लिएका शक्तिहरू मिल्न नसकेमा प्राप्त उपलब्धी हरु गुम्ने खतरा अत्यधिक भएकोले कसै प्रति इगो नराखी विन विन सिद्धान्त अनुसार एक हुनुको बिकल्प छैन ।यदि यसो हुन नसकेमा अझै केही समय माओबादी केन्द्र तेस्रो पार्टी र नयाँ शक्ति एउटा फोरम मा मात्र सिमित हुने सम्भबना अत्यधिक छ ।

अब अलिकती प्रसङ्ग बदलौ , कोरियामा राजनिती अत्यधिक भयो भन्ने सामाजिक सन्जालहरुमा गुनासो सुनिन्छ प्रबाशम राजनिती किन ?

मलाइ प्रबाशमा राजनीति कसैले गरे जस्तो लाग्दैन ।मानिस एउटा राजनितिक प्राणी पनि भएकोले एउटा पार्टी को अस्था र बिचारलाइ आत्मसात गर्दैमा राजनीति गरेको भनेर बुझ्नु त्यो उहाहरुको कमजोरी हो । यद्यपि बैचारिक समुहहरु बन्न सक्छन् ।तिनले राजनितिको अलावा सामाजिक कार्य,लगानिका बिषय हरु जस्ता अन्य विविध बिषय मा पनि छलफल गर्न सक्छन् ।त्यसलाइ राजनिती नभनौ ।हामी पनि सबै मजदुर हौ नि ! कहिले काहीँ बचेको अतिरिक्त समयलाइ प्रबिधिले दिएको सुबिधा प्रयोग गरेर सामाजिक सन्जालहरुमा बहस छलफल भएको जस्तो मात्र देखिएको हो ।

अबको तपाइको राजनिती यात्रा कस्तो हुन्छ ?

अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नु भयो ।हाम्रो पार्टी ( माओबादी केन्द्र ) अहिले तेस्रो स्थानमा छ ।केहि ले माओबादिलाइ रातो स्टिकर टासेको घर र केहिले फुटेको मादलको संज्ञा दिनुभएको थियो ।तर मादल फुटेको हैन रहेछ ।हल्का खरी मात्र झरेको रहेछ टालटुल पारेको छौ अहिले दशै तिहारको रमझममा सबैको घरमा मज्जाले घन्किदै छ ।साथै पुनर्निर्माणले पनि व्यापक तिब्रता पाएको छ ।प्राबिधिक हरु गाउँ गाउँ, टोलटोल मा खटिनु भएको छ ।नयाँ घरमा धेरैले दशै मनाउन पाउनु भएको छ ।म पनि यहि अभियानको एक अभियान्ता भएर सहकार्य गर्दै अगाडी बढ्ने छु ।

तपाईंको प्रतिकृयाहरू