कोरियामा एक नेपालीले ‘सुसाईड नोट’ लेखेर आत्महत्या गरे

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार ०८:१६

सौल। दक्षिण कोरियामा एक नेपालीले ‘सुसाईड नोट’ लेखेर आत्महत्या गरेका छन्। देगु खांग्सान् स्थित फोजांग कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारीले आफ्नै कोठामा आत्महत्या गरेको देगुका समाजसेवि चन्द्र लामाले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्।

लामाका अनुसार २२ बर्षिया अधिकारीले आफ्नो ‘सुसाईड नोट’मा पारिवारिक कारणले डिप्रेसन भएकोले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ ।

उनको शव प्रहरीले लगेर अनुसन्धान गरिरहेको छ। यसबारे नेपाली दुतावासले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
उनि कोरिया आउनु अघि नेपाल रिपब्लिक मिडियाको ढुवानी सेवामा कार्य गरेको पत्रकार महासंघ कोरियाका निवर्तमान अध्यक्ष अशोक मैनालीले बताए।

तपाईंको प्रतिकृयाहरू