काठमाडौं : लामो समयदेखि बन्द रहेको तातोपानी नाका आइतबारबाट पुन: सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण चीनले नेपालसँगको सबै सीमा नाकाहरु बन्द गरेको थियो। महिनौंसम्म नाका बन्द रहँदा व्यापारीहरुले सामान आयात गर्न सकेका थिएनन्।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल र चीनको संयुक्त प्रयासमा तातोपानी नाका खुलेको बताएकी छिन्। उनले तातोपानी र रसुवा नाकाको सञ्चालनबाट नेपाललाई आवश्यक सामान आयात गर्न सजिलो हुने बताएकी छिन्। स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक निश्चित संख्यामा कन्टेनर यो नाकाबाट आउनेछन्
राजदूत यान्छीले आउनै लागेको दशैंको समेत शुभकामना दिएकी छिन्।
hello